रौतहटमा थप दुईमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो | Khabarhub Khabarhub

रौतहटमा थप दुईमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संत्रमण पुष्टि भएसँगै उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको अस्पतालका इमर्जन्सी विभागका प्रमूख डा उदयनारायण सिंहले जनाकारी दिए । ती दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम पनि शुरु गरिएको अस्पतालका डा सिंहले बताए ।

दुईजना संक्रमित थपिएसँगै नारायणी अस्पालमा उपचारत संक्रमितको संख्या ५ पुगेको छ । यसअघि नारायणी अस्पतालबाट ४ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुष छन् । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १२ : १० बजे

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाउने

भक्तपुर – इन्द्रजात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको