आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति | Khabarhub Khabarhub

आज कोरोना संक्रमण पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना भाइरसको संक्रमणको पुष्टि भएका दुबै जना भारतबाट आएका व्यक्ति भएको जानकारीदिएको छ ।

नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दुई संक्रमित भारतबाट आएकाहरु रहेको जानकारी दिएका हुन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । उनीहरुलाई अस्पताल लैजाने तयारी गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका९१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

मंगलवार थपिएका २ कोरोना संक्रमितसँगै कोरोना संक्रमितको संख्या ५४ जना पुगेको छ । भने हालसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट १० हजार ८ सय ७ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्‍यापिड डाइग्रोस्टिक टेष्ट (आरडीटी) विधिबाट हालसम्म ४४ हजार १९ वटाको नमूना परीक्षण गरिएको छ ।

डा देवकोटाका अनुसार गत २४ घण्टामा १ हजार १ सय ९३ वटा नमूना परीक्षण भएका छन् । यस्तै हालसम्म दुवै विधिबाट हालसम्म ५४ हजार ८ सय २६ वटा परीक्षण भएका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर २२ हजार ९९ जना देशभरका क्वारेन्टाइनमा रहेका छन् । आज देशभरका विभिन्न अस्पतालमा एक सय ८ जना आइसोलेसनमा रहेको छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयका अनुसार शिखर इन्स्युरेन्स कम्पनीले स्वास्थ्य सेवा विभागलाई १७ हजार सर्जिकल मास्क सहयोग गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ०६ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा