‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’ « Khabarhub

‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष अन्तरक्रियामा उनीहरुले सो धारणा व्यक्त गरे ।

साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा र अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल र राजु नेपालको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ४८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल