राष्ट्रिय युवा स‌ंघ नेपालले भन्यो- संगठनले उजुरी, नाराबाजी गरेको छैन् « Khabarhub

राष्ट्रिय युवा स‌ंघ नेपालले भन्यो- संगठनले उजुरी, नाराबाजी गरेको छैन्


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय युवा स‌ंघ नेपालले सांगठनिक रुपमा कुनै उजुरी र नाराबाजी नगरेको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एक विज्ञप्ति जारी गर्दै संगठनको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘विभिन्न समाचार माध्यममा संगठनको नाममा उजुरी, नाराबाजी भएको भन्ने सुन्न आएकोप्रति गंम्भिर ध्यानाकर्षण भएको छ ।’

संयोजक सापकोटाले मुलुक लकडाउनमा रहेको र कोरोनासॅग लडिरहेको परिस्थितिमा संगठनले हुलहुज्जत गर्ने र नाराबाजी गर्ने काम गर्न नसक्ने र गर्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रै पार्टी नेतृत्वमा रहेको सरकार र कानुन पालना गर्न सहयोग गर्नुपर्छ भन्ने ठान्दछु। कानुन उलंघन वा मुलुकविरूद्द केही गतिविधि हेर्ने राज्यको आफ्नै निकाय छ । त्यसलाई विस्वासनीय बनाउन सहयोग गर्नुपर्नेमा तोड्ने कामप्रति सहमत हुनै सकिन्न ।’

सापकोटाले कोही व्याक्तिले संगठनको नाममा यस्ता कार्यहरूमा संलग्न भए त्यो उसको नीजि विषय भएको बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ९ : २९ बजे

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका

उफ् ! फिल्म पनि कति फ्लप भएका ?

काठमाडौं-फिल्म चलेनन् पनि के भन्नु ? गनिएका, मानिएका, कहलिएका, हेन्डसम,

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना