जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन « Khabarhub

जनता समाजवादीद्वारा महाेत्तरीमा राँके जुलुस प्रदर्शन


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- नवगठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्नेविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको विरोधमा कार्यकर्ताले मंगलबार साँझ महोत्तरीमा राँके जुलुस निकालेका छन्।

सरकारको दबाबमा प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको आरोप लगाउँदै पार्टीका नेता कार्यकर्ताले मंगलबार साँझ महोत्तरीको सम्सीमा राँके जुलुस प्रदर्शन गरेका हुन्।

डा. यादवको घरसमेत रहेको सम्सीमा राँके जुलुस प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री केपी ओलीकै प्रत्यक्ष निर्देशनमा अपहरण गरिएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

प्रधानमन्त्रीको निर्देशनमा यादवलाई अपहरण गरी घरबाट काठमाडौंसम्म लग्ने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अविलम्ब जाहेरी दर्ता गरी कारबाही गर्न उनीहरुले माग गरेका छन्।

पूर्व आईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठ डा.यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका शीर्ष नेतासहितको टोली सोमबार जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले दर्ता गर्न मानेको थिएन्।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ३५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल