कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि  « Khabarhub

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि 


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना संक्रमितहरुको संख्या ३८ पुगेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार थप १५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

जसअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपािलकाका १० जना,  सुर्खेतकै चौकुने गाउँपालिकाका ३ जना, बझाङका १ जना र बोल्न नसक्ने तथा उमेर नखुलेकी  एक महिला गरी १५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशले १५ जना थपिएको विषयमा स्वास्थ मन्त्रालयलाई जानकारी गराएको भए पनि मन्त्रालयले अद्यावधिक विवरण सार्वजनिक गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८८२ पुगेको छ ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ६ : १९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब