प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुने सबैभन्दा बढी धनुषाका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने धनुषाका २९, महोत्तरीमा १७ , सप्तरीमा १४, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना छन् । हिजो राैतहटका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर विजय कुमार झाले प्रदेश २ मा ७६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरे ।

‘प्रदेश २ मा आज बिहान मात्र ७६ जनाका कोरोना संक्रमित थपिएका छन् । उहाँहरु धनुषाका २९,महोत्तरीमा १७,सप्तरीमा १४, सर्लाहीका ७, सिराहाका ६ र रौतहटका ३ जना हुनुहुन्छ,’ डा झाले खबरहबसँग भने, ‘उहाँहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।’

डा झाका अनुसार यो सँगै प्रदेश २ मा मात्र कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ । जसमध्ये ९७ जना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ ।

यसअघि हिजोमात्र ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजै कोरोना संक्रमित एक जनाको निधन भएको थियो ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो । उनको निधनसँगै नेपालमा कोरोना संक्रमित पाँच जनाको निधन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ३८ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज