अमेरिकामा कोरोना संक्रमण देखिएको १२७औँ दिनमा एक लाख मानिसको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमण देखिएको १२७औँ दिनमा एक लाख मानिसको मृत्यु


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमण देखिएको १२७औँ दिनमा १ लाख मानिसको मृत्यु भएको छ ।

पहिलो पटक अमेरिकामा गत जनवरी २१ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएको १७ औं दिनमा अर्थात फेब्रअरी ६ मा पहिलो पटक कोरोना भाइरसको संक्रमणले अमेरिकी नागरिकको मृत्यु भएकोमा त्यसको ११३ औँ दिनमा एक लाख मानिसको मृत्यु भएको छ ।

अर्थात अमेरिकामा पहिलो संक्रमण देखिएको १२७औँ दिन तथा त्यहाँ कोरोनाले भएको पहिलो मृत्युपछि ११३औँ दिनमा अमेरिकामा एक लाख मानिसको मृत्यु भएको हो ।

अमेरिकामा मे २६ मा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको थियो । विहिबार विहान यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ भने १७ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १० : ३७ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव