अमेरिकामा कोरोना संक्रमण देखिएको १२७औँ दिनमा एक लाख मानिसको मृत्यु « Khabarhub

अमेरिकामा कोरोना संक्रमण देखिएको १२७औँ दिनमा एक लाख मानिसको मृत्यु


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमण देखिएको १२७औँ दिनमा १ लाख मानिसको मृत्यु भएको छ ।

पहिलो पटक अमेरिकामा गत जनवरी २१ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएको १७ औं दिनमा अर्थात फेब्रअरी ६ मा पहिलो पटक कोरोना भाइरसको संक्रमणले अमेरिकी नागरिकको मृत्यु भएकोमा त्यसको ११३ औँ दिनमा एक लाख मानिसको मृत्यु भएको छ ।

अर्थात अमेरिकामा पहिलो संक्रमण देखिएको १२७औँ दिन तथा त्यहाँ कोरोनाले भएको पहिलो मृत्युपछि ११३औँ दिनमा अमेरिकामा एक लाख मानिसको मृत्यु भएको हो ।

अमेरिकामा मे २६ मा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको थियो । विहिबार विहान यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख २ हजार १०७ जनाको मृत्यु भएको छ भने १७ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १० : ३७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज