गणतन्त्र सबै नेपालीको बाच्ने र खुसी हुने आधार बनाउन सकियोस- नेता सिंह | Khabarhub Khabarhub

गणतन्त्र सबै नेपालीको बाच्ने र खुसी हुने आधार बनाउन सकियोस- नेता सिंह


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रलाई सबै नेपालीको बाँच्ने र खुसी हुने आधार बनाउन पर्ने बताएका ५न् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको अवसरमा सबैमा शुभकामना दिएका छन् ।

सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अवधिमा कांग्रेसकै नेतृत्वमा देशले संविधान पाएको छ । समावेशी , समानुपातिक प्रणाली स्थापित भएको छ । महिला, आदिवासी जनजाती, मधेसी, दलित र पिछडिएका सबैले महत्वपूर्ण भूमिका पाएका छन् । स्थानीय सरकारदेखि प्रदेश सरकार र संसदमा समेत समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनु गणतन्त्रकै उपलब्धी हो ।’

उनले भनेका छन्, ‘अझै आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका सवालमा धेरै काम गर्न बाँकी नै छ । अझै अभ्यासबाट सिक्दै राष्ट्रिय एकता थप बलियो बनाउने र जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । देशको समृद्धि र राष्ट्रियताको सवालमा देश गणतन्त्र ल्याउने बेलामाजस्तै एकढिक्का हुन आवश्यक छ । ‘

कोरोनाको कहरबाट उठ्न राज्य जिम्मेवार हुनुपर्ने बताउँदै नेता सिंहले विज्ञप्तिमा लेखेका छन्, ‘अहिले विश्वनै कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण समस्यामा छ । नेपाल पनि कोरोनाको कहर झेलिरहेको छ । कोरोनाका कारण समस्यामा रहेका देशभित्र र बाहिर रहेका नेपाली जनताको हितमा सम्पुर्ण ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले यतिबेलाको प्राथमिकता कोरनाको मारमा रहेका नागरिकको दैनिकी लाई सहज बनाउने कार्यमा केन्द्रित रहन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १० : ४७ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी