बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र « Khabarhub

बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राखेको बताएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै आगामी आर्थिक वर्ष सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । स्वास्थ्य क्षेत्रमा मात्रै सरकारले आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै कृषि क्षेत्रमा सरकारले ४१ अर्ब विनियोजन गरेको घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका दुई क्षेत्रमा सरकारले लगानी बढाएको हो । चालू आर्थिक वर्षमा ३६ अर्ब ८० करोड विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा ७ अर्ब थप गरेको हो ।

चालू आर्थिक वर्षमा ६८ अर्ब ७८ करोड रहेको स्वास्थ्य क्षेत्रको बजेट सरकारले बढाएर ९० अर्ब पुर्‍याएको हो ।

अर्थमन्त्री खतिवडाका अनुसार कोरोना संक्रमण लगायत सबै रोग तथा संक्रमणबाट नागरिकलाई बताउँन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण र जनशक्ति विकासमा जोड दिइएको बताए ।

डा खतिवाडाले स्वास्थ्य क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा स्वास्थ्य प्रर्णालीमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको बताए ।

उनले कोरोनाको उच्च जोखिमको क्षेत्रमा परीक्षणको दायरा बढाउन क्वारेन्टाइनको स्थानपना गर्न र त्रास सम्बोधन गर्न स्रोतको व्यवस्था मिलाएको बताए । उनले कोरोना संक्रमण नियन्त्रणका लागि ६ अर्व बजेट व्यवस्थापन गरेको बताए । यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा ३ सय शय्याकाका सरुवा रोग अस्पताल निर्माण हुने, काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शय्याका आइसीयु वेड स्थापना र सबै प्रदेश अस्पतालमा ५० शय्याको सरुवा रोग अस्पताल सञ्चालन गरिने भएको छ ।

यस्तै राजधानी बाहिर रहेका केन्द्रिय सरकारको मातहतमा संचालित अस्पतालहरु पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी भरतपुर, भेरी र डडेल्धुरा अस्पतालाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने भएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब  विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ३८ बजे

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको