काठमाडौं- भारतबाट आउँदा बाटोमै मृत्यु भएका उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
कपिलवस्तुमा गरिएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका हुन् ।
भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले पुष्टि गरे ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो ।
उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर १० गते नै अन्त्येष्टि गरिएको थियो ।
हालसम्म नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।
( यसअघि नेपालमा थप एक नेपालीको मृत्यु भएको भन्ने सच्याइएको छ । – सं. )
प्रतिक्रिया