नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ जना, दोलखाका २ जना गुल्मीका ३८ जना, खोटाङका ४ जना, गोर्खाका एक जना, रौतहटका १७ जना, सर्लाहीका एक जना संक्रमित भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका एक जना, कपिलवस्तुका १० जना, धादिङका एक जना, ललितपुरका एक जना, बाजुराका ६३ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्बतका २ जना, सल्यानका एक, तनहुँका ६ जना, म्याग्दीका एक जना, पाल्पाका २ जना, प्युठानका ३५ जना, रुपन्देहीका १२ जना, डोटीका १३ जनाम बाजुराका ३२ जना र दाङका ३४ जना रहेको जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । जसमा एक हाजर ४७४ महिला र ११ हजार २९८ पुरुष रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३०१३ पुगेको छ ।

२४ घण्टामा डिस्चार्ज भएकामध्ये महिला १३ र पुरुष १६६ रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : २४ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी