ला लिगामा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरी « Khabarhub

ला लिगामा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरी


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरीमा टंगिएको छ ।

दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोनाले  सेल्टालाई उसैको घरेलु मैदानमा हराउँने मौका गुमायो र अन्ततः  २-२ को बराबरीमा रोकिन बाध्य भयो ।

खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा स्वारेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोलीले स्कोर बराबर गर्‍यो । ५० औं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई खेलमा फर्काएका थिए । ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गरेका थिए ।

६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । मेस्सीले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई स्वारेजले डिफेन्सको दबाब चिर्दै उत्कृष्ट टर्नमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।

नियमित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ३६ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना