आज पनि मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, बाढी र पहिरोको जोखिम « Khabarhub

आज पनि मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, बाढी र पहिरोको जोखिम


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको छ ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

अझै केही दिन मौसम सक्रिय रहने र भारी वर्षाको सम्भावना रहेको हुँदा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ४५ बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू) 

काठमाडौं– सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु