जापानी कम्पनीले बनायो फोन गर्न मिल्ने स्मार्ट मास्क « Khabarhub

जापानी कम्पनीले बनायो फोन गर्न मिल्ने स्मार्ट मास्क


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेका बेला जापानी कम्पनीले अत्याधुनिक मास्क निर्माण गरेको घोषणा गरेको छ । कम्पनीले ब्लुटुथ जडान गरिएको मास्कको निर्माण गरेको जनाएको हो ।

डोनट रोबोटिक्सले तयार गरेको उक्त अत्याधुनिक मास्कको नाम सी मास्क राखिएको छ । सेतो प्लास्टिकबाट निर्माण गरिएको उक्त मास्क मोबाइलमा एप डाउनलोड गरेर चलाउन सकिन्छ । ब्लुटुथका माध्यमबाट उक्त मास्कलाई स्मार्टफोन र ट्याब्लेटसँग जोड्न सकिने कम्पनीले जनाएको छ ।

उक्त स्मार्ट फेस मास्कका माध्यमबाट म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य भाषामा अनुवाद गर्न समेत सकिने जनाइएको छ । यो मास्कले मान्छेको आवाजलाई पनि ठूलो बनाइदिनेछ ।

यो अत्याधुनिक मास्कको मूल्य ४० डलर राखिएको छ । कम्पनीका अनुसार आउँदो सेप्टेम्बरबाट यसको व्यवसायिक उत्पादन थालिनेछ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रविधिको प्रयोग गरेर मास्क तयार पारेको बताएको छ । यो मास्क चीन, युरोप, अमेरिका तथा विश्वका अन्य देशमा विक्री गरिने जनाइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ४१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले