४४ जिल्लामा बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान « Khabarhub

४४ जिल्लामा बाढी पहिरोको खतरा, सतर्क रहन आह्वान


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुलुकका विभिन्न भू-भागमा भइरहेको भारी वर्षाका कारण विभिन्न ४४ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

मनसुन सक्रिय भएसँगै भइरहेको भीषण वर्षाले तराईका कतिपय भू-भागमा डुबान सुरू भएको छ । सडकबाटै पानी बग्न थालेपछि यातायात प्रभावित भएका छन् ।

स-सना खोलाखोल्सीमा पनि बाढी आएपछि तटीय क्षेत्रका बस्ती डुबानको खतरामा परेका छन् । वर्षा नरोकिएपछि समथर भू-भागका बस्तीमा डुबानको खतराले सर्वसाधारण चिन्तित भएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मुलुकका विभिन्न भू-भागमा ९० मिलिलिटरसम्म वर्षा भएको छ ।

महाशाखाका अनुसार दिपायलमा ११.१, धनगढीमा ८९.९, वीरेन्द्रनगरमा १.१, नेपालगञ्जमा ५.१, घोराहीमा २५.१, पोखरामा ७५.१, भैरहवामा ३१.३, सिमरामा ६.२, काठमाडौंमा ९.२, ओखलढुंगामा १.२, ताप्लेजुङमा ६.७, धनकुटामा ३.९, विराटनगरमा ४९.९, जोमसोममा १.५, धरानमा ९०.४ र जिरीमा १४.५ मिलिलिटर वर्षा भएको छ ।

निरन्तरको वर्षा नरोकिएपछि बाढी पूर्वानुमान महाशाखाले विभिन्न ४४ जिल्ला तथा आसपासको क्षेत्रमा बाढी तथा डुबानको पूर्वानुमान गरेको छ ।

महाशाखाले बिहान ७ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, उदयपुर, प्रदेश २ का सबै ८ जिल्ला, सिन्धुली, मकवानपुर, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, धादिङ, चितवन तनहुँ, कास्की र लमजुङमा बाढीको सम्भावना छ ।

यस्तै नवलपरासी, रूपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, रूकुम, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, डोटी र आसपास जिल्ला बहने केही स-साना खोलाहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ५१ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर