लद्दाखमा हिंसात्मक झडपपछि चिनियाँ सेनालाई ‘मार्सल आर्ट’ प्रशिक्षण « Khabarhub

लद्दाखमा हिंसात्मक झडपपछि चिनियाँ सेनालाई ‘मार्सल आर्ट’ प्रशिक्षण


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बीबीसी- आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने बताएको छ।

आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो।

सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन्।

हालै भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए। हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन।

हङ्‌कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा लेखेका थिए।

सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन्।

तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन।

आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एक अर्कालाई दोषारोपण गरिरहेका छन्।

प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ।

विवाद कहिलेदेखि?

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि हात हालाहाल भएको थियो।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १० : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै