लकडाउनका बेला सवारी दुर्घटनामा परी प्रदेश १ मा ४१ जनाको मृत्यु « Khabarhub

लकडाउनका बेला सवारी दुर्घटनामा परी प्रदेश १ मा ४१ जनाको मृत्यु


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिभर प्रदेश १ मा सवारी दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ ।

गत चैत्र ११ गतेदेखि जेठ ३२ गतेसम्म सरकारले पूर्ण रुपमा लकडाउन गरेको थियो । उक्त समयमा सवारी दुर्घटनाका कारण ४१ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।

लकडाउन अवधिमा ५ जना बालबालिका सहित २७ पुरुष र ९ जना महिलाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले खबरहबलाई बताए ।

उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ । त्यसैगरी झापा र सुनसरीमा ८–८, ताप्लेजुङमा ३, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।

लकडाउन अवधिमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा भने कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डीएसपी अधिकारीले बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले कारोडौं रुपैंया खर्च गरेका छन् । तर, दैनिक जसो हुने सवारी दुर्घटना नियन्त्रणका लागि भने प्रभावकारी काम गर्न नसक्दा दुर्घटना बढेको सरोकारवाला बताउँछन् ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले सवारी दुर्घटनामा मुख्य दोषी चालक आफैं भएको बताए । उनले विगतका भन्दा सवारी दुर्घटनामा कमी आउनुका साथै मृत्युदर घटे पनि दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या भने बढेको बताए ।

मोटरसाइकल चालककै लापरबाहीका कारण कतिपय दुर्घटनाहरु हुने गरेको उनको तर्क छ ।

स्थानीय र प्रदेश सरकारले आ–आफ्नो क्षेत्रको पहिचान गरेर ट्राफिक नियमसम्बन्धी पाठ्यक्रम बनाएर विद्यालयमा अनिवार्य पठनपाठन शुरु गर्नुपर्ने उनले बताए । ‘दिनरात सडकमा खट्ने ट्राफिक प्रहरीले जरिवाना मात्र गरेर पुग्दैन अब सामाजिक र नैतिक रुपमा दण्डित हुने नियम पनि लागू गर्न जरुरी छ,’ उनले भने ।

जवेगुले झापामा ट्राफिक प्रहरी दुर्घटनाको सम्भावित क्षेत्रको पहिचान गरेर त्यस क्षेत्रमा चेकजाँच गर्ने तथा कुन समयमा बढी दुर्घटना हुन्छ त्यस समयमा चेकजाँचलाई तीव्रता दिएको बताए ।

लकडाउनको अवधिमा अति आवश्यक काम बाहेक कसैलाई नहिड्न आग्रह गरे पनि ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउँदा झापामा ८ जनाले ज्यान गुमाएको उनले बताए ।

स्थानीय तहले कोरोना भाइरस विरुद्ध गरे झैं खर्च अब सडक दुर्घटना नियन्त्रणका लागि पनि गर्न जरुरी रहेको प्रहरी निरीक्षक जवेगुको भनाइ थियो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : १८ बजे

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको