उसु खेलाडी वाइवाको निधन « Khabarhub

उसु खेलाडी वाइवाको निधन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि १८ औं एसियन गेम्समा सहभागि भएका उसु खेलाडी वीरमान वाइवाको निधन भएको छ । काभ्रेस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा वाइवा मृतक भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

‘शनिबार राति अभ्यास गरेर घर आएपछि खाना खाएर सुतेका थिए । तर, बिहान ढिलासम्म नउठेपछि किन ढिला उठ्यो भनेर जाँदा मृत भेठिएका हुन्,’ वाइवाको पारिवारिक स्रोतले भन्यो, ‘राति सुत्दा सामान्य अवस्थामै थिए । तर, बिहान उठ्दा मृत्यु भइसकेको रहेछ ।’

वाइवा विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए ।

एसियन गेम्सको छनोट प्रतियोगिताका रुपमा रहेको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनी एसियन कपका लागि छनोट भएका थिए ।

उसुभन्दा अगाडि उनी नेपाल क्योकुशिन फुल कन्ट्याक्ट् कराते खेलाडी रहेको उनका सहकर्मी किरण सिंह साउदले बताएका छन् । वाइवा तेकोसिन करातेमा नेपालबाट १० पटकभन्दा बढी च्याम्पियन रहिसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १ : ३६ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका