दोलखाबाट एक गर्भवतीको हवाई उद्धार | Khabarhub Khabarhub

दोलखाबाट एक गर्भवतीको हवाई उद्धार


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।

अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा भर्ना भएकी गौंरीशंकर गाउँपालिका–४ झ्याकुकी ७ महिनाकी गर्भवती पासाङठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धारगरि काठमाडौं ल्याइएको हो ।

अहिले उनको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।

६ दिनदेखि रक्तश्राव भएकी उनलाई थप उपचार गर्न काठमाडौं रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिए ।

अस्पतालका अनुसार उनको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौं लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै मन्त्री गुरुङले हवाई उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याएका थिए । मन्त्रालय अन्तरगतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरुको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले जानकारी दिइन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : ४८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय