राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो) | Khabarhub Khabarhub

राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो)


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खड्का र निती शाहको अभिनय रहेको ‘जय जय नेपाल’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतलाई अभिनेता खड्काले ‘राष्ट्रका लागि कलाकारका रुपमा योगदानको प्रयास’ का रुपमा हेरेका छन् ।

शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ ।

राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् ।
यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ ।

यसअघि ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा प्रद‍ीपसहित अन्य सेलिब्रेटीलाई फिचरिङ गरिएको थियो ।

यो गीतका शब्द अशोक शेरचनले लेखेका हुन् भने एलिस कार्कीले संगीत दिएका हुन् । साथै संगीत संयोजन शैलेन्द्र एम प्रधानले गरेका हुन् ।

मेचीदेखि कालीसम्म एउटै आवाज गुञ्जिने र हामी सबैलाई सिंगो देश चाहिने भावना गीतमा प्रस्तुत गरिएको छ भने गीतको भिडियोलाई नितिन चन्दले निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ४४ बजे

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला