दाङ- दाङमा देखिएको सहलको झुण्ड सानो रहेको र हालसम्म बालीनालीमा खासै असर नपुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा देखा परेको सलह किरा ठूलो झुण्डमा नरहेको केन्द्रले बताएको हो ।
शनिबार राति वत्तिको उज्यालोमा स्थानीयले सलह किरा जस्तो देखेपछि संकलन गरेका थिए । आइतबार कृषि ज्ञान केन्द्रको टोली स्थलगत रुपमा पुगेर किराको अध्ययन गरेको थियो।
कृषि प्राविधिक टोलीले स्थानीयले संकलन गरेको किरा सलहनै भएको पुष्टि गरेको हो ।
प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको थियो।
शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखिएको थियो।
प्रतिक्रिया