कृषि मन्त्रालयले भन्यो- नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन « Khabarhub

कृषि मन्त्रालयले भन्यो- नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।

‘सलह अझै ठूलो संख्यामा नेपाल आउने सम्भावना रहेकाले डर बढ्यो,’ उनले भने,’भारतले पनि त्यो समूह नष्ट गर्न प्रयास थालेको छ ।’

यसैबीच भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।

कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भू-भागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताए ।

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् ।

बारामा देखिएको ठूलाे झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ३० बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको