पाल्पामा सलह भगाउन सकस « Khabarhub

पाल्पामा सलह भगाउन सकस


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाल्पामा शनिबार प्रवेश गरेका सलह विस्तारै खेतबारीमा समेत देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए ।

पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ ।

जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिबार रात बिताएको बताए ।

उनले भने, “शनिबार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन । मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन । कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन् ।”

स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए ।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो । यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ ।

स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिबारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आज साँझसम्म आकाशमा उडिरहेको बताए ।

“वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो । वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ”, जिसीले भने, “स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन् । आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ ।”

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए ।

किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ । रुखका पात खाइसकेको छ । मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ ।

बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आज साँझ सलह देखिएको स्थानीय बासिन्दा विष्णु घिमिरेले बताए ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ३८ बजे

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा