सुनिल थापासहितका नेता आज कांग्रेसमा प्रवेश गर्दै « Khabarhub

सुनिल थापासहितका नेता आज कांग्रेसमा प्रवेश गर्दै


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् ।

उनीहरूलाई मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह-महामन्त्री र अरू ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ ।

थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् । थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्रको विवाद अझ बढेको छ ।

गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई निष्कासन गरेलगत्तै थापालाई पार्टी प्रवेश गराउन खोजिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएको सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ५९ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि