‘सत्यमेव जयते २’ को छायांकन सेप्टेम्बरबाट « Khabarhub

‘सत्यमेव जयते २’ को छायांकन सेप्टेम्बरबाट


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसको प्रकोपका कारण केही महिनायता फिल्म र टिशी शो का शूटिङ हुन सकेका थिएनन् । अब भने फिल्मको शूटिङ गर्न थालिएको छ ।

बलिउड अभिनेता जोन अब्राहम स्टारर फिल्म ‘सत्यमेव जयते २’ को पनि छायांकन थालिने भएको छ । यो वर्षको अप्रिलमा रिलिज गर्ने भनिएको फिल्म कोरोना भाइरसका कारण रोकिएको थियो ।

खबरका अनुसार अब यो फिल्मको शूटिङ सेप्टेम्बरबाट शुरु हुनेछ । निर्देशक मिलाप जावेरी र जोन अब्राहम फिल्मको छायांकन गर्न उत्साहित भएका छन् । फिल्मको शूटिङ सेडुअल पनि तयार पारिएको छ ।

हालै एक अन्तर्वार्ताका क्रममा मिलापले लकडाउनका बेला फिल्मको स्क्रिप्टमा थप काम गरिएको बताएका थिए । स्क्रिप्टमा आएको परिवर्तनसँगै फिल्मको शूटिङ लखनउमा हुने बताइएको छ ।

एक्सन प्याक कप ड्रामामा आधारित यो फिल्म पहिले मुम्बईमा शूटिङ गर्ने भनिएको थियो ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘सत्यमेव जयते’ ले दर्शकबाट चर्चा बटुलेको थियो । फिल्ममा प्रयोग गरिएको एक्सनका कारण फिल्मको चर्चा भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ११ : ३५ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि