नेकपामा विवाद नयाँ मोडमा, ओलीले स्थगित गरेको बैठक सुरु गर्दै प्रचण्ड « Khabarhub

नेकपामा विवाद नयाँ मोडमा, ओलीले स्थगित गरेको बैठक सुरु गर्दै प्रचण्ड


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक राख्न बालुवाटर जाँदै गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार अहिले प्रचण्ड बालुवाटर जाँदैछन् । प्रचण्डले जसरी पनि बैठक राख्ने तयारी गरेका छन् ।

यसअघिका बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच सहमतिका आधारमा स्थगित भए पनि आजको बैठक भने ओलीले एकल रूपमा स्थगित गरेपछि प्रचण्डले बैठक राख्ने तयारी गरेका हुन् ।

यता प्रधानमन्त्रीको सचिवालयले भने बैठकअघि छलफलका लागि प्रचण्डलाई बोलाइए पनि प्रचण्ड बालुवाटार नपुगेपछि बैठक स्थगित गरिएको जनाएको छ ।

यसैबीच स्थायी कमिटी बैठक फेरि बस्ने सूचना आएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन । उनका अनुसार स्थगित भनेर सूचना दिइएको भएपनि बैठक सञ्चालन गर्ने खबर फेरि पठाइएपछि नेताहरू बालुवाटार पुग्न थालेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : १२ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले