नेकपामा विवाद नयाँ मोडमा, ओलीले स्थगित गरेको बैठक सुरु गर्दै प्रचण्ड « Khabarhub

नेकपामा विवाद नयाँ मोडमा, ओलीले स्थगित गरेको बैठक सुरु गर्दै प्रचण्ड


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।

आजका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक राख्न बालुवाटर जाँदै गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार अहिले प्रचण्ड बालुवाटर जाँदैछन् । प्रचण्डले जसरी पनि बैठक राख्ने तयारी गरेका छन् ।

यसअघिका बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच सहमतिका आधारमा स्थगित भए पनि आजको बैठक भने ओलीले एकल रूपमा स्थगित गरेपछि प्रचण्डले बैठक राख्ने तयारी गरेका हुन् ।

यता प्रधानमन्त्रीको सचिवालयले भने बैठकअघि छलफलका लागि प्रचण्डलाई बोलाइए पनि प्रचण्ड बालुवाटार नपुगेपछि बैठक स्थगित गरिएको जनाएको छ ।

यसैबीच स्थायी कमिटी बैठक फेरि बस्ने सूचना आएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन । उनका अनुसार स्थगित भनेर सूचना दिइएको भएपनि बैठक सञ्चालन गर्ने खबर फेरि पठाइएपछि नेताहरू बालुवाटार पुग्न थालेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : १२ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६