गुल्मीमा पहिरोले ६ घर विस्थापित, एउटा ट्रक पुरियो « Khabarhub

गुल्मीमा पहिरोले ६ घर विस्थापित, एउटा ट्रक पुरियो


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – अविरल वर्षापछि गएको पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिकामा ६ परिवार विस्थापित भएका छन् । पहिरोले एउटा ट्रक समेत पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका–७, खसिमारेमा लु ६ ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको हो । उक्त ट्रक हिजोदेखि हिलोमा फसेको थियो ।

उक्त ट्रक बुटवलबाट सामान बोकेर शान्तिपुर जाँदै थियो । प्रहरीले हिलोमा ट्रक फसेका बेला माथिबाट खसेको पहिरोले ट्रक पुरिएको जनाएको छ ।

यस्तै सोमबार राति आएको पहिरोले चन्द्रकोट गाउँपालिका–ड, बास्कोटका ६ घर विस्थापित भएका छन् । सोमवार रातिदेखि परेको अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा उनीहरु विस्थापित भएका हुन् ।

पहिरोले केही गोठमा क्षति पुर्‍याएको र घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । विस्थापित परिवारलाई नजिककै जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : २८ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले