पार्टीको विवाद मिलाउन उपाध्यक्ष बामदेवको नयाँ प्रस्ताव « Khabarhub

पार्टीको विवाद मिलाउन उपाध्यक्ष बामदेवको नयाँ प्रस्ताव


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् ।

पार्टीको बिग्रहलाई रोक्न भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष उपाध्यक्ष गौतमले राखेको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।

यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ ।

यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।

Image may contain: text that says 'पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै प्रस्ताव प्रतिनिधिसभाको ओली महाधिवेशनसम्म अध्यक्ष कार्यकालको बांकी अवधीभर प्रधानमन्ीको कमरेड पष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्नें प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा हस्तक्षेप नगने तर सरकारले राष्ट्रिय महत्वका विषयहरुमा निर्णय सचिवालयमा परामर्श गर्ने प्रशासन सुरक्षा कर्मचारीहरुको सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने केन्द्रीय सचिवालयको सुभाव परामर्शमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक सम्वैधानिक नियुत्ति गर्ने संसदमा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने अबदेखि पार्टीका वैठकहरु पार्टी कार्यालयमा आयोजाना गर्ने १३ साउन, २०७७ वामदेव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)'

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : २५ बजे

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले