एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे « Khabarhub

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

गत निर्वाचनमा टिकट नपाएका गैरेले यसपटक भने स्थानीयको विरोधपछि टिकट पाएका हुन् ।

यसअघि, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाल्पा २ बाट उम्मेदवार बन्ने निर्णय गरेका थिए, तर पछि रूपन्देही २ बाटै पौडेलको उम्मेदवारी सुनिश्चित भएपछि पाल्पा २ मा राम बहादुर राउतलाई टिकट दिइएको थियो।

अघिल्लो निर्वाचनमा चुनाव जितेका गैरेलाई टिकट नदिइएकोमा ओली निकटका उम्मेदवारलाई प्राथमिकता दिएको भन्दै आलोचना भएको थियो।

 उनी एमालेको १०औँ महाधिवेशनमा ओली इतर प्यानलबाट पदाधिकारीको उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : २६ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक