पहिराले घर बगाउँदा दुईको मृत्यु « Khabarhub

पहिराले घर बगाउँदा दुईको मृत्यु


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।

झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान करीब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ ।

घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : १६ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी