अस्ट्रेलियाको डढेलो: तीन अर्ब जीवजन्तु प्रभावित | Khabarhub Khabarhub

अस्ट्रेलियाको डढेलो: तीन अर्ब जीवजन्तु प्रभावित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ ।

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ ।

प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताए ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जंगलहरुमा लामो सुख्खाका कारण भिषण आगलागी भएको थियो । आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो ।

डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जंगल आसपासका हजारौं घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरुले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् ।

जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरु न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो । तर मंगलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिंगो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनको भनाइ छ ।

सर्भेका नतिजाहरुलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ ।

प्रतिवेदन तयारीको जिम्मेवारी लिएको वर्ल्ड वाइड फन्डका अस्ट्रेलियाली शाखाका प्रमुख डर्मोट ओ–गोर्मानले प्रतिवेदनका प्रारम्भिक नतिजाहरु निकै डरलाग्दो रहेको बताए । उनले भने, “यसलाई अस्ट्रेलियाको आधुनिक इतिहासमा सर्वाधिक खराब विपदको रुपमा लिन सकिन्छ ।”

अस्ट्रेलियामा निकै लोकप्रिय कोआलाको विभत्स अवस्थाले अन्तर्राष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण भएको थियो । रुखका पातपतिङ्गर खाएर जीवन निर्वाह गर्ने हजारौं कोआला डढेलोमा परेर मरेका थिए ।

तर सरकारले यसै वर्षको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले १०० अरु रैथाने प्रजातिका जीवजन्तुका आधाभन्दा बढी वासस्थान समाप्त भउको औंल्याएको थियो । यस प्रतिवेदनले डढेकाका कारण भएको क्षति अरु डरलाग्दो रहेको जनाएको छ ।

वैज्ञानिकहरुका भनाईमा विश्वव्यापी तापक्रम वृद्धिले अस्ट्रेलियाको बर्खायाम लम्बिदै गएको छ र यो हरेक वर्ष अझ डरलाग्दो बन्दै गएको छ । छोटो अवधिको हिउँदयाममा हुने डढेलो नियन्त्रणमा अझ बढी कठिनाई हुन्छ ।

मंगलबार सार्वजनिक प्रतिवेदन सिड्नी विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय, न्यूक्यासल विश्वविद्यालय, चार्ल्स स्टर्ट विश्वविद्यालय र बर्डलाइफ अस्ट्रेलियाद्वारा संयुक्त रुपमा तयार पारिएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : १० बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि