चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल | Khabarhub Khabarhub

चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसहितको टोलीले आदर्शनगरस्थित जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

कोरोना संक्रमणको बेला यहाँस्थित विभिन्न उद्योगकहरुले कामदाहरुलाई लुकीछिपी नेपाल प्रवेश गराएको जसले गर्दा वीरगन्जको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आरोप लाग्न थालेपछि प्रशासनले उद्योग अनुगमन कार्यलाई तीब्रता दिएको थियो ।

गत साउन ६ गते जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । उनकै सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा सोमबार आएको रिपोर्टमा अन्य थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेहरुमा २६, ४८ र ५६ वर्षीय पुरुष रहेका छन् । त्यस पश्चात प्रशासनले उक्त कार्यालयलाई सिल गरेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : २५ बजे

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक