आज थपिए ३११ संक्रमित, १२१ संक्रमणमुक्त (विवरणसहित) « Khabarhub

आज थपिए ३११ संक्रमित, १२१ संक्रमणमुक्त (विवरणसहित)


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ओखलढुंगाका एकजना र मोरङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीक १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना ,नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, इलामका एकजना र पर्साका १३ जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका एकजना र सिन्धुपाल्चोकका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, गोरखाका एकजना, काठमाडौंका ९ जना, ललितपुरका एकजना र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, पर्साका एकजना, ललितपुरका एकजना र सर्लाहीका एकजनामा कोरोना  पुष्टि भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, र काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका एकजना र मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना,डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना र डोटीका ३५ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १६ जना, दार्चुलाका एकजना डोटीका २३ जना, कैलालीका १८ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार८७५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ५१ बजे

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको

आजको मौसम पूर्वानुमान : कुन प्रदेशको मौसम कस्तो छ ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति