काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन « Khabarhub

काठमाडौं प्रवेश गर्ने नाकाबाट ४ हजार ८ सय बढीको स्वाब संकलन


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौ उपत्यका प्रवेश गर्नेहरुको सीमानामै स्वाब संकलन गर्न थालिएको छ ।

हालसम्म काठमाडौं प्रवेश गर्ने तीनवटा नाकाबाट ४ हजारभन्दा बढीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य तीनवटा नाकाबाट आज बेलुकासम्म ४ बजेसम्ममा ४ हजार ८१३ जनाको स्वाब संकलन गरिएको जनाकारी दिएका हुन् ।

डा गौतमका अनुसार फर्पिङ नाकाबाट उपत्यका प्रवेश गर्ने ९५५ जना, थानकोट नागढुंगा नाकाबाट प्रवेश गर्ने २ हजार ९१४ जना र साँगाबाट प्रवेश गर्ने ९४४ जनाको स्वाब संकलन गरिएको छ ।

उनीहरु सबैको उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिने डा गौतमले बताए ।

लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा बाहिरबाट आउनेहरुको संख्या बढीरहेको हुँदा नाकामै स्वाव संकलनको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

गत आइतबारबाट काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामै स्वाब संकलन गर्न थालिएको हो ।

 

 

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : २७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको