राप्रपा छाडेका सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश « Khabarhub

राप्रपा छाडेका सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलवार (आज) दिउँसो एक बजे सानेपामा आयोजित कार्यक्रमका बीच पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताले स्वागत गरेका थिए ।

सभापति देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे ।

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापा छोरा सुनिल थापाले कार्यकर्तासहित राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेसमा सहमहामन्त्री बनाउने सहमति भएको छ ।

शनिवार थापासहित ३१ जना नेताले राप्रपाबाट राजीनामा दिएका थिए । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएकोमा उनको समूह असन्तुष्ट थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : १८ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त