दाहाल-नेपाल समूहको बैठकलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए भेलाको संज्ञा « Khabarhub

दाहाल-नेपाल समूहको बैठकलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दिए भेलाको संज्ञा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको नेकपा स्थायी कमिटी बैठकलाई भेलाको संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री तथा नकेपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकलाई भेलाको संज्ञा दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा दुईवटा तस्वीर राख्दै लेखका छन्-

बैठक स्थगित पछि ..बालुवाटारका राेचक दृश्यहरू !

दुई जना अध्यक्षहरूबीच परामर्श र गृहकार्य गर्न बाँकी रहेकाे यथार्थका आधारमा नै बैठक स्थगित गरिएकाे थियाे । आखिर  बैठक त हुन सकेन नै । भेला यस्तै निष्कर्षमा पुगेर निष्कर्षविहीन ।

आजको बैठकमा दाहालले स्थायी कमिटीको बैठक भन्न नहुने भन्दै बहुमत सदस्यको स्थायी कमिटी बैठक भन्नुपर्ने धारणा राखेका थिए ।

उनले ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ०२ बजे

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा