४ दशक पहिले ऋषिले ३० हजारमा किनेका थिए अवार्ड, सधै लागिरह्यो पछुतो « Khabarhub

४ दशक पहिले ऋषिले ३० हजारमा किनेका थिए अवार्ड, सधै लागिरह्यो पछुतो


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हुने कैयन् कुराहरु बाहिरिएका छन् । नेपोटिज्म, ग्रुपिज्म र इनसाइडर–आउटसाइडरका विषयमा लामो समयदेखि बहस चलिरहेको छ ।

हालै म्युजिक कम्पोजर एआर रहमानले बलिउड ग्याङले आफूलाई काम नदिन लागिपरेको बताएका थिए । यसैबीच साउण्ड डिजाइनर तथा एडिटर रेसुल कुकुट्टीले पनि ओस्कार जितेपछि काम नपाएको बताएका थिए ।

बलिउडमा अवार्ड कार्यक्रम पनि विवादमा मुछिने गरेका छन् । केही समयअघि मनोज मुंतशिले आफ्नो गीत ‘तेरी मिट्टी’ ले फिल्मफेअर अवार्ड नपाउँदा भविष्यमा कुनै पनि अवार्डमा भाग नलिने घोषणा गरेका थिए ।

अवार्डबारे बलिउडमा विवाद भइरहन्छ । नेपालमा जस्तै बलिउडमा पनि अवार्ड किनबेच हुने चर्चा चलिरहन्छ ।

बलिउडका दिवगंत अभिनेता ऋषि कपूरले आफ्नो अटोबायोग्राफीमार्फत बताएका थिए कि, आजभन्दा ५० वर्ष पहिले उनले ३० हजारमा अवार्ड खरिद गरेका थिए ।

उनले सन् १९७० मा रिलिज भएको फिल्म ‘मेरा नाम जोकर’मा बालकलाकारका रुपमा आफ्नो करिअर थालेका थिए ।

त्यसको ३ वर्षपछि सन् १९७३ मा शीर्ष भूमिका रहने गरी फिल्म ‘बेबी’ मा काम गरेका थिए । सो फिल्मबाट उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएका थिए । तर, उक्त अवार्डका लागि उनले ३० हजार दिएका थिए ।

ऋषिले सन् २०१७ मा आफ्नो आत्मकथामार्फत यसबारेमा खुलासा गरेका थिए । उनले बताएका थिए कि, त्यो बेलामा उनी जवान थिए र खुशी पनि थिए ।

यद्यपि पछि भने आफूले अवार्ड किनेको सम्झँदा पछुतो लागेको बताएका थिए । यसलाई उनले आफूले गरेको गल्ती मान्दै पछुतो लाग्ने गरेको बताएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ०० बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश