ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु  « Khabarhub

ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु 


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु गरेको छ ।

महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडानको काम अगाडि बढाएको हो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको उनले बताए ।

महानगर प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल(इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

महानगर प्रमुख महर्जनले यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुने बताए । उनले भने ,‘ यो बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी हुनेछ ।’

ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ ।

परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । यस परियोजनाको सम्झौता २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुने जनाइएको छ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ३४ बजे

राजनीतिमा फेरिएको कोर्स– अब जेलनेल हैन, क्षमताले भइन्छ नेता

काठमाडौं । पहिले–पहिले राजनीतिमा जेलनेल खाएको व्यक्ति प्राथमिकतामा पर्थ्यो ।

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने

देउवाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई बाटो खुल्यो

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा