ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु  « Khabarhub

ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु 


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु गरेको छ ।

महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडानको काम अगाडि बढाएको हो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको उनले बताए ।

महानगर प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल(इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

महानगर प्रमुख महर्जनले यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुने बताए । उनले भने ,‘ यो बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी हुनेछ ।’

ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ ।

परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । यस परियोजनाको सम्झौता २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुने जनाइएको छ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ३४ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका