प्रहरीकै अगाडि सुन जस्तो धातु र हतियार फ्याँक्ने अझै फरार « Khabarhub

प्रहरीकै अगाडि सुन जस्तो धातु र हतियार फ्याँक्ने अझै फरार


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।

सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो ।

त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

गाडीको कुन खालको कस्तो गिरोह थियो भन्नेसमेत प्रहरीले सुईको पाउन सकेको छैन ।

काठमाडौँको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिक उक्त घटना भएको हो । गाडीसहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ज्ञावालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : १३ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा