बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली « Khabarhub

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गौतम निवास भैसेपाटी पुगेका छन् ।

प्रधानमन्त्रीका साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि छन्।

ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबी विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल-नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले चाँडाे एकता महाधिवेशन गरेर अध्यक्ष तथा साढे दुई वर्षपछि निर्वाचन गराएर प्रधानमन्त्री पद छोड्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४३ बजे

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण