ग्यारेथ बेरीले गरे फुटबल खेल जीवनबाट सन्यासको घोषणा « Khabarhub

ग्यारेथ बेरीले गरे फुटबल खेल जीवनबाट सन्यासको घोषणा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व डिफेन्सिभ मिडफिल्डर ग्यारेथ बेरीले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

इंग्ल्यान्डका पूर्व मिडफिल्डर समेत रहेका बेरीले बिहीबार फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

३९ वर्षीय बेरीले २२ वर्षको खेल जीवनमा सिटीसँगै एस्टन भिल्ला, एभर्टन र वेस्ट ब्रुमबाट खेलेका थिए ।

एस्टन भिल्लाबाट व्यावसायिक फुटबलको सुरुवात गरेका बेरीले २००९ सम्म भिल्लामा बिताएका थिए । त्यहाँ उनले ३ सय ६५ खेलमा ४१ गोल गरेका थिए ।

बेरीले २००९ देखि १४ सम्म सिटीमा खेलेका थिए । सिटीका लागि १ सय ३२ खेलमा ६ गोल गरेका थिए । सिटीमा रहँदा उनले एक प्रिमियर लिग र एक एफए कप जितेका थिए ।

सिटी छाडेपनि उनी २०१७ सम्म एभर्टनबाट खेलेका थिए । बेरी २०१७ मा वेस्ट ब्रुम आएका थिए ।

गत सिजन उनले वेस्ट ब्रुमबाटै खेलेका थिए । वेस्ट ब्रुमका लागि उनले ५२ खेलमा २ गोल गरेका थिए ।

बेरीले कुल ६ सय ५३ प्रिमियर लिग खेल खेल्दा ५३ गोल गरेका थिए ।

बेरीले इंग्ल्यान्डका लागि ५३ खेलमा ३ गोल गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : २४ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि