ग्यारेथ बेरीले गरे फुटबल खेल जीवनबाट सन्यासको घोषणा | Khabarhub Khabarhub

ग्यारेथ बेरीले गरे फुटबल खेल जीवनबाट सन्यासको घोषणा


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व डिफेन्सिभ मिडफिल्डर ग्यारेथ बेरीले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

इंग्ल्यान्डका पूर्व मिडफिल्डर समेत रहेका बेरीले बिहीबार फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

३९ वर्षीय बेरीले २२ वर्षको खेल जीवनमा सिटीसँगै एस्टन भिल्ला, एभर्टन र वेस्ट ब्रुमबाट खेलेका थिए ।

एस्टन भिल्लाबाट व्यावसायिक फुटबलको सुरुवात गरेका बेरीले २००९ सम्म भिल्लामा बिताएका थिए । त्यहाँ उनले ३ सय ६५ खेलमा ४१ गोल गरेका थिए ।

बेरीले २००९ देखि १४ सम्म सिटीमा खेलेका थिए । सिटीका लागि १ सय ३२ खेलमा ६ गोल गरेका थिए । सिटीमा रहँदा उनले एक प्रिमियर लिग र एक एफए कप जितेका थिए ।

सिटी छाडेपनि उनी २०१७ सम्म एभर्टनबाट खेलेका थिए । बेरी २०१७ मा वेस्ट ब्रुम आएका थिए ।

गत सिजन उनले वेस्ट ब्रुमबाटै खेलेका थिए । वेस्ट ब्रुमका लागि उनले ५२ खेलमा २ गोल गरेका थिए ।

बेरीले कुल ६ सय ५३ प्रिमियर लिग खेल खेल्दा ५३ गोल गरेका थिए ।

बेरीले इंग्ल्यान्डका लागि ५३ खेलमा ३ गोल गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर