वकिलले कालो कोट लगाउने कारण यस्तो ? « Khabarhub

वकिलले कालो कोट लगाउने कारण यस्तो ?


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर तपाईंले फिल्म वा प्रत्यक्ष पनि वकिलले कालो कोट र सेता सर्ट लगाएको देख्नु भएको होला । तर सायद तपाईंलाई किन वकिलले कालो कोट लगाउँछन् भन्नेबारे थाहा छ ? किन उनीहरु अन्य कुनै रंगको कोट लगाउदैनन् ?

वकिलले कालो कोट लगाउनु कुनै फेसन होइन । यसको पछाडी रोचक कारण छ । खासमा सन् १३२७ मा एडवर्ड तृतीयले वकालतको शुरुवात गरेका थिए । त्यस समय वकालतका लागी ड्रेस कोडका आधारमा न्यायाधिशको भेषभुषा तयार पारियो । न्यायाधिशलाई शिरमा कपालको एक बिग लगाउने चलन चलाइयो ।

वकालत शुरुवात गर्दाताका वकिललाई ४ भागमा विभाजित गरिएको थियो । जसमा स्टुडेन्ट, प्लीडर, बेञ्चर र बैरिस्टर थियो । यी सबैले न्यायाधिशको स्वागत गर्दथे । त्यस समय अदालतमा सुनौलो रातो कपडा र खैरो रंगको गाउन लगाइन्थ्यो । तर पछि सन् १६०० मा वकिलको भेषभुषामा परीवर्तन गरियो । तर यो लामो चलेन ।

पछि सन् १६३७ मा वकिलले पनि जनताको जस्तै पहिरन लगाउनु पर्ने नियम बनाइयो । यस नियममा वकिलले लामो गाउन लगाउन शुरु गरे । यसले न्यायाधिश र वकिललाई अरु भन्दा फरक देखाउथ्यो ।

पछि सन् १६९४ मा बेलायतकी महारानी क्वीन मैरीको मृत्यु भयो । यसै क्रममा उनका पती राजा विलियम्सले सबै न्यायधीश र वकिललाई सार्वजनिक रुपमा शोक मनाउन कालो पहिरनमा आउने आदेश दिए ।

यसपछि वकिलले कालो कोट लगाउन थाले । यो नियम कसैले बनाएर वा गर्नैपर्छ भनेर भनिएको होइन । त्यसपछि वकिलले यहि पहिरनलाई लगाउन थालेपछि कालो कोट लगाउने प्रथा बस्यो ।

आजकल कालो कोट वकिलको पहिचान बनको छ । यसैलाई पछि हरेक देशमा नियम झै बनाइयो । कालो कोट, सेतो सर्टमा वकिल अनुशाशित देखिने र न्याय प्रति विश्वास गरिने मान्यता छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ११ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना