लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण « Khabarhub

लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ ।

लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।

ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका–¬१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।

गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् ।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे ।

देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पीडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकामा केन्द्रलाई धन्यवाद दिए ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले देशमा आइपर्ने यस्ता विपत्तीको घडीमा केन्द्रले निरन्तर सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै ग्रामीण दुरदराजमा आइपर्ने यस्ता विपत्तीमा सबैले एकजुट भएर सामना गर्नुपर्ने बताए । उनले अढाइ दशकदेखि देशका ग्रामीण भेगमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरु सौर्य ऊर्जा, लघु जलविद्युत्, वायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, वायु ऊर्जा जस्ता प्रविधिहरु प्रवद्र्धनमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।

जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पहिरोबाट पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनाको लागि गाउँपालिका अहोरात्र खटिरहेको बताउँदै विपदको सामना गर्न केन्द्रले सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएकामा केन्द्रलाई धन्यवाद दिए । कार्यक्रममा जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरु, राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरण, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ४३ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ