लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण « Khabarhub

लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ ।

लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।

ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका–¬१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।

गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् ।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे ।

देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पीडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकामा केन्द्रलाई धन्यवाद दिए ।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले देशमा आइपर्ने यस्ता विपत्तीको घडीमा केन्द्रले निरन्तर सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै ग्रामीण दुरदराजमा आइपर्ने यस्ता विपत्तीमा सबैले एकजुट भएर सामना गर्नुपर्ने बताए । उनले अढाइ दशकदेखि देशका ग्रामीण भेगमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरु सौर्य ऊर्जा, लघु जलविद्युत्, वायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, वायु ऊर्जा जस्ता प्रविधिहरु प्रवद्र्धनमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।

जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पहिरोबाट पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनाको लागि गाउँपालिका अहोरात्र खटिरहेको बताउँदै विपदको सामना गर्न केन्द्रले सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएकामा केन्द्रलाई धन्यवाद दिए । कार्यक्रममा जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरु, राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरण, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ४३ बजे

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक