डेढ दशकभन्दा पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमानी अझै कायम ! « Khabarhub

डेढ दशकभन्दा पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमानी अझै कायम !


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान दुई खेलाडीको नाममा छ । सन् २००३ मा अफगानस्तानविरुद्ध १३ औं गोल गर्दै हरि खड्काले कीर्तिमानी बनाएका थिए ।

पछि त्यहिँ अर्का फरवार्ड निराजन रायमाझीले सन् २००८ मा पाकिस्तानविरुद्ध आफ्नो करियरको १३ औं गोल गर्दै कीर्तिमानी बराबरी गरेका थिए ।

कीर्तिमानी खेलाडी खड्काले सन् २००६ मै खेल करियर टुङ्ग्याउँदा राउमाझीलेले भने सन् २००८ मा अन्तिम खेल खेलेका थिए ।

अहिलेको समयमा एउटा देशको सर्वाधिक गोलकर्ताको नाममा १३ गोल निकै कम लाग्न सक्छ तर, हाम्रो विडम्बना रायमाझीले कीर्तिमानी बराबर गरेपछि कुनै पनि फरवार्डले त्यो भेटाउन सकेका छैनन् ।

अहिले राष्ट्रिय टीमबाट खेलिरहेका खेलाडीमध्ये १३ गोलको कीर्तिमान नजिक स्टार खेलाडी भरत खवास छन् भने युवा खेलाडी विमल घर्तीले पनि नियमित खेल्न पाए कीर्तिमानी तोड्न सक्ने सम्भावना रहेका खेलाडी हुन् ।

खवासले १० गोल गर्दै कीर्तिमानी पञ्छ्याइरहेका छन् भने विमल ८ गोलसहित पञ्छ्याइरहेका छन् ।

नेपालका लागि सर्वाधिक गोलकर्ता
हरि खड्का : १३ गोल
निराजन रायमाझी : १३ गोल
जुमानु राई : १० गोल
भरत खवास : १० गोल
गणेश थापा : ९ गोल
बसन्त थापा : ९ गोल
अनिल गुरुङ : ९ गोल
विमल घर्ती मगर : ८ गोल

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ५१ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन