डेढ दशकभन्दा पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमानी अझै कायम ! « Khabarhub

डेढ दशकभन्दा पुरानो सर्वाधिक गोलकर्ताको कीर्तिमानी अझै कायम !


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमान दुई खेलाडीको नाममा छ । सन् २००३ मा अफगानस्तानविरुद्ध १३ औं गोल गर्दै हरि खड्काले कीर्तिमानी बनाएका थिए ।

पछि त्यहिँ अर्का फरवार्ड निराजन रायमाझीले सन् २००८ मा पाकिस्तानविरुद्ध आफ्नो करियरको १३ औं गोल गर्दै कीर्तिमानी बराबरी गरेका थिए ।

कीर्तिमानी खेलाडी खड्काले सन् २००६ मै खेल करियर टुङ्ग्याउँदा राउमाझीलेले भने सन् २००८ मा अन्तिम खेल खेलेका थिए ।

अहिलेको समयमा एउटा देशको सर्वाधिक गोलकर्ताको नाममा १३ गोल निकै कम लाग्न सक्छ तर, हाम्रो विडम्बना रायमाझीले कीर्तिमानी बराबर गरेपछि कुनै पनि फरवार्डले त्यो भेटाउन सकेका छैनन् ।

अहिले राष्ट्रिय टीमबाट खेलिरहेका खेलाडीमध्ये १३ गोलको कीर्तिमान नजिक स्टार खेलाडी भरत खवास छन् भने युवा खेलाडी विमल घर्तीले पनि नियमित खेल्न पाए कीर्तिमानी तोड्न सक्ने सम्भावना रहेका खेलाडी हुन् ।

खवासले १० गोल गर्दै कीर्तिमानी पञ्छ्याइरहेका छन् भने विमल ८ गोलसहित पञ्छ्याइरहेका छन् ।

नेपालका लागि सर्वाधिक गोलकर्ता
हरि खड्का : १३ गोल
निराजन रायमाझी : १३ गोल
जुमानु राई : १० गोल
भरत खवास : १० गोल
गणेश थापा : ९ गोल
बसन्त थापा : ९ गोल
अनिल गुरुङ : ९ गोल
विमल घर्ती मगर : ८ गोल

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ११ : ५१ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट