रिया चक्रवर्तीले बताइन्, सुशान्त सिंह राजपूतको अन्तिम संस्कारमा किन गइनन् « Khabarhub

रिया चक्रवर्तीले बताइन्, सुशान्त सिंह राजपूतको अन्तिम संस्कारमा किन गइनन्


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी पूर्वप्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । उनीमाथि अनुसन्धान चलिरहेको छ ।

सुशान्तका परिवारले रियाले सुशान्तको हत्या गरेको आरोप लगाएपछि भारतीय फिल्म जगतमा नेपोटिज्मको बहस एकाएक रियातर्फ मोडिएको थियो ।

सीबीआईले पनि रियासँग बयान लिइरहेको छ । कतिपयले रिया सुशान्तको अन्तिम संस्कारमा नगएको विषयमा प्रश्न उठाएका छन् ।

हालै एक अन्तर्वार्ताका दौरान रियाले आफू किन सुशान्तको अन्तिम संस्कारमा गइनन् भन्ने प्रष्ट पारेकी छिन् ।

रियाले भनिन्, ‘म उनको अन्तिम संस्कारमा जान चाहन्थें तर मेरा केही साथीले फोन गरेर नजान सल्लाह दिए ।’

उनले सुशान्तका परिवारले आफूलाई घृणा गर्ने कारण अन्तिम संस्कारमा जाने व्यक्तिको सूचीमा आफ्नो नाम नराखेको दाबी गरेकी छिन् ।

‘सुशान्तका परिवारले मलाई मन पराउँदैनन्, मैले थाहा पाएँ कि, उक्त लिस्टमा मेरो नाम छैन,’ रियाले भनिन्, ‘साथीले मलाई यदि म गएँ भने बेइज्जत गर्छन् भनेर फोन गरे, त्यसैले गइनँ ।’

सुशान्तको मृत्युबारे रियाले कसरी थाहा पाइन् ? यसबारेमा पनि रियाले जवाफ दिएकी छिन् । उनले १४ जुनमा आफू भाइसँग घरमा भएको र एक साथीले फोन गरेर उनको मृत्युको हल्ला फैलिरहेको सुनाएको बताएकी छिन् ।

‘साथीले फोन गरेर सुशान्तलाई यसबारेमा बोल्न भनिरहेकी थिई, त्यतिबेला मलाई यो कसरी हुनसक्छ भन्ने लागेको थियो, तर, १५ मिनेटमै यो खबर सत्य भएर आयो,’ उनले भनिन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : १९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर