रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम आइसोलेसनमा « Khabarhub

रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति होम आइसोलेसनमा

पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक स्थगित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि प्रधानसेनापति पूर्णचन्द थापासम्म होम आइसोलेसनमा बसेका छन् ।

सीसीएमसी स्रोतका अनुसार कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका हुन् ।

सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घन्टा छलफल भएको थियो ।

बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको  पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ ।

यसैबीच, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।

सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र